बलात्कारको आरोपमा प्रहरी सइ पक्राउ

मुगु, ५ फागुन । बलत्कारको आरोपमा नेपाल प्रहरीका सइलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ । शुक्रबार साँझ सापटी लिएको रकम दिने भनेर बोलाइ एक महिलामाथि बलात्कार भएको थियो । सो घटनाका आरोपित चैना मुगुमा कार्यरत सइ सुर्यबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको हो ।

महिलालाई बेलुकी साढे ६ बजेतिर शाहीले जर्बजस्ती करणी गरेको आरोप छ । पीडित महिलाका श्रीमान आरोपित शाहीलाई पक्राउ गर्न प्रहरी आनाकानी गरेको बताए ।

आफुले लगातार दबाब दिएपछि पक्राउ गरेको हो । तर जिल्ला प्रहरी कार्यालय भित्रै आरोपित शाहीले आफुलाई धम्क्याएको पीडित महिलाका श्रीमानको भनाई छ । पीडितका अनुसार किराना पसलबाट सामानहरु लिने गरेका शाहीले एक महिना अगाडी पनि राती मदिरा सेवन गरी दुर्व्यवहार गरेको आरोप लगाए । जुनबेला गाउँका स्थानीयहरुको आग्रहमा क्षमा गरिदिएको बताए ।

शाहीले साँझ फोन गरी आफ्नो सोरुकोटमा सरुवा भइसकेको र विहानै जाने तयारी भएकाले पैसा लिन आउन भनि ोलाएको पीडित महिलाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरिक्षक लालबहादुर ऐरले घटना भएको दोस्रो दिन शनिबार परेकाले आइतबार पीडित पक्षबाट जाहेरी दरखास्त आएको बताए । उक्त जाहेरी दर्ता गरि थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको ऐरले जानकारी दिए ।