धनगढी कार्य सम्पादन कार्यन्वयनमा उत्कृष्ट

धनगढी, ३ फागुन । धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ ।

नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनमा उत्कृष्ट भएको हो घोषणा भएको छ ।

नगरविकास कोषले ३१औं बार्षिकोत्सवमा धनगढी उप–महानगरपालिकालाई उत्कृष्ट सम्मान गरिएको हो ।

कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड उत्कृष्ट सम्मानपत्र ग्रहण गरेका थिए । शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए । शहरी विकास मन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए ।

उनले भने,‘ स्थानीयतह बिच राम्रा सिकाईहरु हस्तान्तरण गरिनुपर्ने बताए । उक्त सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए । उनले भने,‘ कार्य सम्पादनका उत्कृष्ठ काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई धन्यवाद दिए ।