नेपाल शिक्षक संघको नगर प्रतिनिधि सभा सम्पन्न

धनगढी, २८ माघ । नेपाल शिक्षक संघ गौरीगंगा नगर कार्यसमितिको प्रथम नगरप्रतिनिधि सभा सोमबार मसुरीयामा सम्पन्न भएको छ ।

प्रथम नगरप्रतिनिधि सभाको नेपाली कांग्रेस कैलालीका उप–सभापती प्रकाश बमले उद्घाटन गरेका थिए । नगरपालिका भित्र रहेका नेपाल शिक्षक संघका प्रतिनिधीहरुको भेलाले शिक्षा क्षेत्रका चुनौतीका साथै शिक्षकहरुले भोग्नु परेका समस्याका बारेमा ब्यापक छलफल गरेको शिक्षक संघका प्रतिनिधी जंग बहादुर देउवाले बताए ।

नगरप्रतिनिधी सभामा बोल्दै नेपाली कांग्रेसका उपसभापती प्रकाश बमले नेपाली कांग्रेस शिक्षकहरुका समस्याका बारेमा जानकार भएको बताए । नेपाली कांग्रेस सत्तामा रहदा कहिल्यै पनि शिक्षकहरु माथी अपमान हुने निर्णय नभएको बताए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिक्षकहरु नै समाजका अगुवा भएको बताए । उनले भने,यहाँहरु जुन समाजमा हुनुहुन्छ कम्यूनिष्टहरुको बिरोध नगर्नुहोस १९९७ साल देखि नेपाली कांग्रेसले गरेका काम मात्रैको ब्याख्या गरि दिए पुग्छ ।

कार्यक्रमा नेपाली कांग्रेसका नेता लक्ष्मण शाही, खेम चौधरी, नेपाल शिक्षक संघका कैलाली जिल्ला अध्यक्ष गणेश ओझा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।