डीपीएल : महेन्द्रनगरलाई ११२ रनको लक्ष्य

धनगढी, २८ माघ। धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेपछि महेन्द्रनगरले पहिलो खेल जित्न १ सय १२ रनको लक्ष्य पाएको हो ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीका लागि सुमित महर्नजले सर्वाधिक २७ रन बनाए ।

त्यस्तै विनोद भण्डारीले १९, विक्रम सोवले अविजित १६, सन्दीप सुनारले १५ तथा बाबर हयातले १४ रन जोड्नुवाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

महेन्द्रनगरका सिद्धान्त लोहनीले ३ तथा अविनास वोहरा र सागर ढकालले समान २(२ विकेट लिएका हुन् ।