नमस्ते सहकारीद्धारा विमा रकम हस्तान्तरण
धनगढी,२८ माघ । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीले सोमबार शेयर सदस्यलाई विमा रकम हस्तान्तरण गरेको छ ।
धनगढी उप–महनगरपालिका–७ बेलीकी जानकी राना सहकारीबाट गत जेठ ३ गते लद्युवित्त अन्र्तगत एक लाख लोण लिएपछि उहाँको नाउँमा लाईफ इन्स्योरेन्स कर्पोरेशन धनगढीमा दुघर्टना विमा गरिएको थियो ।
विमा रकम बाफत दुई लाख १० हजारको चेक स्व. जानकीको श्रीमान फेरुराम रानालाई सो सहकारीका अध्यक्ष जगतराम चौधरी ले हस्तान्तरण गरेका थिए । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लोण लिनेको लागि लाईफ इन्स्योरेन्स कर्पोरेशन धनगढी सामाजिक सुरक्षा दुघर्टना विमा गरिदिने गत बैशाखमा सम्झौता भएअनुसार रानालाई विमा रकम दिइएको हो ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन धनगढीका शाखा प्रबन्धक पदम रानाले स्व. जानकी वार्षिक ६ सय ५० रुप्या तिरेपनि सामुहिक म्यादी विमा अन्र्तगत विमा रकम दिएको बताए । शाखा प्रबन्धक राना यो सामाजिक सुरक्षा विमा भएकोले सब भन्दा राम्रो र कम पैसा तिर्नु पर्ने बताए ।
जानकी गत मंसिर ८ गते बडैपुरमा जीप र बस एक आपसमा ठक्कर खादा दुर्घटनामा सख्त घाइतेपछि मृत्यू भएको उहाँका श्रीमान फेरु राना बताए ।













