‘फाप्ला क्रिकेट मैदानको लागि छ्ट्याएको बजेट छिट्टै कार्यन्वय हुने’

धनगढी, २६ माघ । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको तेस्रो संस्करण उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार अम्पायर मोहम्मद साफियालाई क्रिकेट ब्याट बल हस्तान्तरण गरी खेल उद्घाटन गरेका हुन् ।

मन्त्री भट्टले फाप्ला क्रिकेट मैदानको लागि प्रदेश सरकारले छुट्याएको पाँच करोड रकम छिट्टै नै कार्यन्वयन गर्ने बताए । उनले खेल क्षेत्रको विकासले अर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेकोले राज्येले खेल क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।

शनिबारबाट सुरु हुने भनिएको प्रतियोगीता वर्षाको कारणले सोमबार सम्म सारिएको छ । फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुने आयोजकले जनाएको छ । सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ ।

यसपटकको डिपिएल विजेताले ३० लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कुल ६० लाख रुपैयाँ पुरस्कार राशी राखिएको छ । प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरले गोल्डस्टार सुनको जुत्ता पाउनेछन् ।

प्रत्येक खेलको नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कार पाउने बताइएको छ । डिपिएल ३ मा झन्डै ५ करोड खर्च हुने आयोजकको अनुमान छ ।