एकल महिला हुनु अपराध होईन : उपप्रमुख भट्ट
धनगढी, २३ माघ । धनगढी उप–महानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले महिला एकल हुनु अपराधको रुपमा नलिन आग्रह गरेका छिन् ।
सोमबार सत्य देबी एकल महिला समुहले उप–महानगरपालिको वडा नं १९ मा आयोजना गरेको छलफल कार्यक्रममा उनले महिला एकल भएका कारण दुःख थोपर्ने काम समाजले गरिरहेको बताउदै अन्यायका बिरुद्ध एकल महिलाले आवाज उठाउन जरुरी रहेको बताईन् ।
नेपालमै पनि पहिले सती प्रथा रहेको बताउदै उप–प्रमुख भट्टले अहिले समाजले नै त्यो प्रथा हटाएको पनि जानकारी गराईन् । छलफल कार्यक्रममा सत्य देबी एकल महिला समुहका अध्यक्ष मथुरा देबी सिंहले एकल महिलाको सवालमा काम गर्न समुह स्थापना गरेको बताईन ।
धनगढी उप–महानगरपालिका १९ मा मात्रै ३ सय २० जना एकल महिला रहेको समुहको तथ्यांक छ । एकल महिलाहरु आ–आफ्नै समस्याबाट गुज्रिरहेकोसमुहले जनाएको छ ।














