हिउँले बाटो अबरुद्ध, नाग्म–गमगढी सडक खुलाउन डोजरको प्रयोग
कालिकोट, २२ माघ । हिउँका कारणले अबरुद्ध रहेको नाग्म–गमगढी सडक खुलाउन डोजरको प्रयोग गर्न थालिएको छ । दुई साता अघिको ठूलो हिमपातले अवरुद्ध उक्त सडक खुलाउन डोजरको प्रयोग गरिएको हो ।
भारी हिमपातका कारणले कालिकोटको नाग्मदेखि मुगु गमगढीसम्मको समडमा जुम्लाको गोठी ज्युलादेखि मुगुको पिनासम्मको सडक हिमपातले अवरुद्ध छ ।
कालिकोटको नाग्मदेखि मुगुको गमगढीसम्मको ९६ किलोमिटर सडकखण्डका हिमपातका कारणले अबरुद्ध हुदाँ यातायातका साधन चल्न नसकेको जुम्ला सिंजा गाउँपालिकाका स्थानीय नर बुढाले बताए ।
‘हिउँका कारणले भुलेभुलेदेखि मुगुको पिनासम्मको सबै सडकखयण्ड अबरुद्ध रहेको छ ।’ उनले भने,‘याताययात साधन पनि चल्न सकेको छैनन् ।’
अबरुद्ध रहेको सडकलाई डोजर मार्फत हिउँ पनछाउने काम शुरु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । भारी हिमपातले सदरमुकाम गमगढी जोडने नाग्मा गमगढी सडक खण्ड अन्तर्गतको जुम्ला जिल्लाको गोठी ज्युलादेखि मुगुको पिनासम्मको सडक हिमपातले बाटो अवरुद्ध छ । सले गर्दा डोजरमार्फत हिउँ पन्छाउने काम शुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताए ।
उनले ‘सडक डिभिजन कार्यालय जुम्लासँग समन्वयगरी हिउँ पन्छाउने काम शुरु भएको छ । बाक्लो हिउँ जमेको कारणले डोजरले पन्छाउन पनि समस्या छ ।’













