सुदूरपश्चिम महोत्सव भित्र पश्चिमेली खाजा

धनगढी, २२ माघ । सुदूरपश्चिम महोत्सवमा कोदोको रोटी लगात सुदूरपश्चिममा खाने विभिन्न खाजाका परिकार पाइने गरेको छ ।

महोत्सवमा श्री विशाल महिला जागरण समाज नेपालद्वारा राखिएको स्टलमा सो परिकारको स्वाद लिन सकिन्छ ।

समाजकी मिना सिंह स्टलमा खाजा नास्ताका लागि नेपाली र स्थानीय परिकार सेल रोटी, कोदोको रोटी, माडा रोटी, मासको बटुक, फुलौरा, अचार, तरकारी लगायतका बिभिन्न परिकारको उपलब्ध गराईरहेकी छिन् ।