जहरमुक्त खाद्य उत्पादन गर्न महाअभियान
धनगढी, २० माघ । धनगढी उप–महानगरपालिकाले किसान समृद्धि तथा जहरमुक्त खाद्य उत्पादन महाअभियान वडा नं १५ बाट सुरु गरेको छ ।
महाअभियानको उद्घाटन गर्दै नगरप्रमुख नृपबहादुर वडले अभियानमा सबैलाई सहभागी हुन अनुरोध गरे ।
अभियान अन्तरगत किसानहरुलाई सुन्य लागत प्राकृतीक कृषि प्रशिक्षण तथा तालिम दिन थालिएको बताए । अभियानले किसानलाई बिषादी रहित कृषि उत्पादन गर्न प्रेरित गर्न आशबादी भएको बताए ।
अभियानमा पहिलो चरण ३० जना किसानलाई सुन्य लागत प्राकृतिक कृषि प्रशिक्षण तालिम दिन लागेको हो । तालिम लिएका ब्यक्तिहरुलाई अभियान्ताका रुपमा प्रयोग गरिने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
खाद्य उत्पादनमा हुने बिषादीको प्रयोगका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहेक दिन जहर खाने गरेको कारण ब्लड प्रेसर, क्यान्सर रोगीहरु दिनप्रतिदिन बढ्दै गरेको नगरप्रमुख वडले भने ।
चाँडो कमाउन खोज्ने सोचमा जहर भरिएका खेतिहरु भईरहेको बताउदै जहरमुक्त खेती गरि स्वाच्छ खाद्यउत्पादनमा अभियानलाई सहयोग गरिदिन अनुरोध समेत गरे ।













