थारु संस्कृति देशको गहना हो, संरक्षण गर्नुपर्छ : अध्यक्ष थापा

कपिलवस्त, २० माघ । सबै जातजातीको कला संस्कृतिलाई सम्मान गर्दै थारुहरुको संस्कृतिलाईपनि संरक्षण गर्नुपर्ने विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर रावलले बताएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौला गाउँ समाजको आयोजनामा आयोजना भएको थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला अध्यक्ष रावलले सो कुरा बताएका हुन् ।

‘हम्मन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचैना हम्मनके अभियान’ भन्ने मुल नाराका साथ सञ्चालन भएको मेलामा उनले थारु संस्कृतिपनि देशको गहना रहेको बताए ।

‘सबै जातजाति, भाषाभाषीको कला संस्कृतिलाई सम्मान गर्दै थारु संस्कृतिलाई पनि जगेर्ना गर्न हामी सबैको दायित्व हो ।’

मेलाको मुख्य आकर्षणका रूपमा थारु पहिरन भेषभुषाको प्रदर्शनी, थारु नाचको प्रदर्शन र थारु खानाको परिकार लगायत परम्परागत सामाग्रीको प्रदर्शनी गरिएको छ । त्रिवेणी मेला यहि माघ १९ गतेदेखि २१ गते सम्म चल्ने आयोजकले जनाएको छ ।