सुदुरपश्चिम महोत्सवको तयारी तिब्र
धनगढी, १९ माघ । सुदूरपपश्चिम ‘महोत्सव २०७५ सुदूरपश्मिाञ्चल क्षेत्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला’ को तयारी तिब्र भइरहेको आयोजकले बताएको छ ।
यहि माघ २१ गतेदेखि शुरुहुने महोत्सवको गेट, मञ्च, स्टल निर्माण कार्य सम्पन्न हुनालागेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक पुष्पराज कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरले यो वर्षको महोत्सव अरु वर्षको भन्दा फरक तरिकाले व्यवस्थापन गर्ने बताए । महोत्सवको मूल नारा नै ‘दिगो शान्तिकालागि आर्थिक समृद्धि’ रहेकोले स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको बताए ।













