पत्रकार महासंघ कैलालीको १०औं साधारण सभा शुरु

धनगढी, १४ माघ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको १०औं साधारण सभा आजदेखि शुरु भएको छ ।

‘व्यवसायीक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ शुरु भएको १०औं साधारण सभा शुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पानसमा बत्ती बालेर सभाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टले ‘सञ्चार माध्यम सामाजको हेर्ने आँखा हो ।’ सञ्चारकर्मीहरुले पूर्वग्राही नभई समाचार सम्प्रेशन गर्दा सत्यतथ्य, जस्तो छ त्यस्तै जनता सामु ल्यानुपर्ने बताए ।

सामाज परिवर्तन र रुपान्तरण गर्न सञ्चारकर्मीहरुको अहम भूमिका रहेकोले संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएको बताए । प्रतिपक्षहरुले सत्तापक्षलाई जहिलेपनि साथमै लिएर काम गरिरहेको बताउदै विकास प्रक्रिया अगाडी बढाउन सबैसंगै जानुपर्ने मुख्यमन्त्री भट्टले बताए ।

अहिलेपनि संघियता कार्यान्वयनगर्न अपथ्यारो रहेको भन्दै विधिप्रक्रिया कर्मचारी समायोजनको काम बाँकी रहेको बताए । प्रदेश सरकारले सूचना सुविधा र गरेको काम कहिलै नलुकाउने बताए ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस संसदीयदलका नेता डा. रणबहादुर रावलले पत्रकारिता समाजमा राम्रो काम गर्नेलाई प्रोत्सहान र नराम्रोगर्नेलाई खबदारी गरेको बताए ।

त्यस्तै नेपाल पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्ररेलले केन्द्र प्रदेश र स्थानीय तह कानून निर्माणगर्दा सबैको पक्षमा गर्नुपर्ने जरुरी रहेको बताए । उनले यही भदौंमा आएको मुलुकी ऐनमा उल्लेखित केही कानूनलाई संशोधन गर्नुपर्ने आग्रह गरे ।

ध्नगढी उप–महानगरपालिकाका नगरप्रमुख नृप वडले तीन तह विचको तालमेल हुननसक्दा विकासको गति जनअपेक्षा अनुसार बढ्न नसकेको बताए । उनले विकाश निर्माणको सवालमा सम्पूर्ण पत्रकारहरुले कलम चलाईदिन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्ररेल, प्रदेश सभा सदस्य डा. रणबहादुर रावल, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, उत्तर विष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह लगायत महासंघका जिल्ला भरिका पत्रकारहरुको सहभागिता रहेको छ ।

जिल्लामा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै उमिद बाग्चन्द, करुणाकर पाण्डे, मनमोहन स्वाँर, कर्ण शाह, प्रकाश विक्रम शाह, दिलबहादुर छत्याल, दीर्घ उपाध्य, भरत शाह, शिवराज भट्ट, भूवनेश्वर अधिकारी, एकेन्द्र तिमिल्सेना र प्रेम चौधरीलाई प्रमाण पत्रसहित सम्मानित भएका छन् ।