कपिलवस्तुको लोहरौलामा थारु संस्कृति एवं परम्परागत त्रिवेणी मेला हुने

कपिलवस्तु, १४ माघ । कपिलवस्तुको विजयनगर गाउँपालिका २, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला लाग्ने भएको छ । लोहरौला गाउँ समाजको आयोजनामा यहि माघ १९ गते देखि २१ गते सम्म मेला सञ्चालन हुने भएको छ ।

हम्मन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचएना हमनके अभियान भन्ने मुल नाराका साथ सञ्चालन हुने सो मेलाका मुख्य आकर्षण थारु पहिरन भेष भुषाको प्रदर्शनी, थारु नृत्यमा झुमरा, झर्रा, मयुर तथा झाँकी प्रदर्शन र साथै थारु खानाका परिकार लगायत परम्परागत हस्ताकला सामग्रीको प्रदर्शन गर्ने आयोजकले जानकारी दिएको छ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्धारा प्रस्तुति रहने लोहरौला गाउँ समाजका संयोजक कृष्ण बहादुर थारुले बताए ।