नेपाल तरुण दलले माघ १४ गते बिरोध प्रदर्शन गर्ने

धनगढी, १२ माघ । नेपाल तरुण दलले सरकार विरुद्ध माघ १४ धनगढीमा बिरोध प्रदर्शन गर्ने बताएको छ ।

सरकारले मंहगी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाईडबडी विमान खरीदमा भ्रष्टाचार गरेको भन्दै सरकारको बिरोधमा प्रदर्शन गर्न लागेको तरुण दलका कैलाली अध्यक्ष दिपेन्द्र बमले पत्रकार सम्मेलन मार्फात जानकारी दिए ।

उनले जनता भोकभोकै बसिरहेको र सार्वजनिक यातायात समेत गुणस्तरीय नरहेको बताउदै कञ्चनपुरकी बालिका निर्मला पन्त को हत्यारालाई सरकारले लुकाउने र जोगाउने षडयन्त्र गरिरहेकोले सरकारलाई दबाब दिनको लागि माघ ८ गते बिरेन्द्रनगरबाट सुरु भएको आन्दोलन माघ १४ गते सुदुरपश्चिम प्रदेश कार्यालय अगाडी बिरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताए ।