नवजीवनले ल्यायो एकै साथ ६० जनाको रक्त परिक्षण गर्ने उपकरण

धनगढी, ११ माघ । नवजीवन अस्पताल धनगढीले एकै साथ ६० जनाको रगत परिक्षण उपकरण ‘बायो–केमेस्ट्री एनालाइजर’ र ‘म्यागलुमी ८००’ मोडलको मेसिन भित्र्याएको छ ।

फुली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर ह्युमास्टर २०० मोडल रहेको उक्त मेसिनले बायोकेमेस्ट्री सम्बन्धी सबै रोगको परिक्षण गर्ने अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले जानकारी दिए । साथै म्यागलुमी ८०० मोडलको मेसिनले हर्मोनल सम्बन्धी सबै परिक्षण गर्न सक्ने बताए ।

डा. ढकालले भने ’उक्त मेसिनले जटिल रोग पहिचान गर्न सहयोग पुग्ने दाबी गर्दै सो उपकरणबाट रगत परीक्षण गर्दा छिटो, सहज र सही तरिकाले रोग पत्ता लाग्ने बताए । डा. ढकाल उक्त उपकरणले रगत परीक्षण गर्दा ९९ प्रतिशत रोग पत्ता लगाउन सक्ने र उपचारमा सहजरुपले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशमा सम्भवतः नवजीवन अस्पताल सबभन्दा पहिले यस्तो उपकरण भित्रियाएको अस्पतालको दाबी छ । यसै बिच अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा आइसीयू सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ ।