हिउँदे झरीले चिसो बढ्यो

धनगढी, ११ माघ । कैलालीको विभिन्न अज वर्षा भएको छ । केही दिन यता तराइमा लगातार वर्षा र पहाडी क्षेत्रमा हिमपात भएपछि चिसो वढेको हो ।

वर्षा र हिमपातले चिसो वढेसंगै जनजिवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले अहिले पश्चिममा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार पश्चिमी बायु प्रभावले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जानकारी दिए ।