चट्याङ्गमा परि १८ घाईते, ७ को अवस्था गम्भिर
अछाम, १० माघ । अछाममा चट्याङ्ग लागेर १८ जना घाईते भएका छन् । बुधबार पञ्चदेवल बिनायक नगरपालिका वडा नं ७ मा परेको चट्याङ्गले एकै टोलका १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेमा पञ्चदेवल बिनायक नगरपालिका वडा नं ७ का ३५ बर्षिया रामकला रावल, ३५ बर्षिया धन बहादुर रावल, १६ बर्षिया बसु कामी, सोही वडामा बस्ने ४० बर्षिया जयसरा देवी कामी, ४० बर्षिया धर्मा देवी रावल, १२ बर्षिया धिर्गा रावल र सोही वडामा बस्ने २२ बर्षिया भावना सुनार रहेका छन् ।
यस्तै अन्य घाईते वडा नं ७ का ४५ बर्षिया टेक बहादुर बटाला, सोही स्थानमा बस्ने १८ बर्षिया सिर्जना बटाला, १९ बर्षिया धिर्जा बटाला, २५ बर्षिया भावना बटाला रहेका छन् । यसैगरी सोही स्थानमा बस्ने २२ बर्षिया मनसरा कामी, २१ बर्षिया कमला कामी, ७९ बर्षिया दिर्केश रावल, सोही स्थानमा बस्ने १३ बर्षिया दिपु कामी र ५० बर्षिया मना देबी कामी रहेका छन् ।
घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछी थप उपचारका लागि बाहिर रेफर गरिएको छ । यस्तै मंगलबार परेको चट्याङ्ग लागेर जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नं ५ बस्ने १४ बर्षिया राधिका रावल पनि घाईते भएकी थिईन । उनको अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चट्याङ्ग लागेर पञ्चदेवल बिनायक नगरपालिका वडा नं ७ मा २ ओटा गाई मरेका प्रहरीले जानकारी दिएको छ ।













