सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

धनगढी, ८ पुस । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमपात र तराइका जिल्लामा वर्षा भएपछि स्थानीयहरुलाईको जीवन प्रभावित भएको छ ।

सुदूरपश्चिमको डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको छ । भारि हिमपात भीमदत्त राजमार्ग अबरुद्ध भएको हो ।

साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको हो । सोमबार रातिदेखि सुदूरपश्चिममा पानी परिरहेको छ । पहाडी भूभागमा भने राति पानी परिसकेपछि हिमपात शुरु भएको छ । तराइँमा बिहानसम्म पानी परेको थियो भने दिउँसो छिटफुट घाम लागेको भएपनि हावा वतास चलिरहेको छ ।