१० लाख पचाउन नक्कली योजना

कालिकोट, ८ माघ । जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं. ६ को समपुरकको बजेट हिनामिना गर्न नगर प्रमुख र वडा अध्यक्षले नक्कली योजना बनाएका छन् । वडाको १० लाख समपुरक बजेट हिनामिना गर्न नक्कली योजना बनाएका हुन् ।

वडाको १० लाख बजेट बुुढावाडादेखि दुदेसिल्ला मन्दीर हुदैँ खापरमष्टा मन्दिरसम्म योजना भनेर लेखिएको छ । तर, त्यो कुन योजना हो त्यसको नाम खुलाइएको छैन् ।

वडाको समपुरकको बजेट हिनामिना गर्नका लागि वडा नं। ६ बिनियोजन गरेको दश लाख रुपैयाँ र प्रतिनीधिसभामा माननिय दुर्गबहादुर रावतको निर्वाचन क्षेत्र अन्र्तगत पूर्वाधार विकास कोषबाट रु १५ लाख रुपैयाँ साझेदारीमा योजना सम्पन्न गर्न हुन भनि दिएको निर्देशन दिएको नक्कली पत्र बनाएको स्थानीय मनसिंह शाहीले बताए ।

‘प्रतिनीधिसभा सदस्य दुर्गबहादुर रावतले निर्वाचन क्षेत्र अन्र्तगत पूर्वाधार विकास कोषबाट रु। १५ लाख रुपैयाँ साझेदारीमा योजना गर्न निर्देशन नदिएको र वडाको समपुरक बजेट १० लाख बजेटमा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे र वडा अध्यक्ष जगदिश शाहीको मिलेमतोमा १० लाख रुपैयाँ हिनामिना गर्नका लागि यो सबै रणनीति भएको प्रति हाम्रो आपत्ति हो ।’ उनले भने,‘समपुरक बजेटमा माननिय दुर्गबहादुर रावतको लेटरप्याडको दुरुपयोग भएको छ ।

वडाको दश लाख रुपैयाँ समपूरक बजेट दुरुपयोग गर्नका लागि निर्वाचन क्षेत्र अन्र्तगत पूर्वाधार विकास कोषबाट रु। १५ लाख रुपैयाँ बिनियोजन भएको भनि नक्कली कागज खडा गरिएको छ ।’

वडा नं. ६ का बुुढावाडादेखि दुदेसिल्ला मन्दीर हुदैँ खापरमष्टा मन्दीरसम्म भनेर मात्र लेखिएको छ । तर, त्यो कुन योजना हो जनतालाई कुनै जानकारी नै नभएको स्थानीय शाहीले बताए ।

प्रतिनीधिसभाका सांसद दुर्गबहादुर रावतले नगरप्रमुख जसीप्रसाद पाण्डे काठमाडौं आएर खानेपानी योजनाको लागि आफुले लेटरप्याडमा हस्ताक्षर गरेर नगर प्रमुखलाई दिएको र दुरुपयोग गरिएको बताए । ‘मैले खानेपानीको योजनाका लागि भनेर लेटरप्याडमा हस्ताक्षर गरेर दिएको हुँ ।’ उनले भनिन्,‘त्यो दुरुपयोग हुन्छ भनेर आफुले थाहा भएन् ।’