संवैधानिक परिषद्को सिफारिस, थारु आयोगमा विष्णुप्रसाद चौधरी

काठमाडौं, ६ माघ । थारु आयोगमा बर्दियाका विष्णुप्रसाद चौधरीलाई नियुक्तिकोलागि सिफारिस गरिएको । संवैधानिक परिषद्को आइतवार अपराह्न सिंहदरवारमा बसेको बैठकले विभिन्न ५ संवैधानिक आयोगहरूका प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

परिषद्ले प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुराम चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका थारु पूर्व बाणिज्य तथा आपूर्ति राज्य मन्त्री हुन् ।

संविधानको धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन सम्बन्धी व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमुख नियुक्त गर्ने प्रावधान छ ।