सुदूरपश्चिम महोत्सव माघ २१ गतेदेखि हुने
धनगढी, ६ माघ । सुदूरपपश्चिम ‘महोत्सव २०७५ सुदूरपश्मिाञ्चल क्षेत्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला’ यहि माघ २१ गतेदेखि शुरुहुने भएको छ ।
कैलाली उद्योग बाणिज्य संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सो मिति घोषणा गरेको हो । २०६३ साल देखि नै धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।
हरेक वर्ष मंसिर २२ देखि पुस २ गते सम्म सञ्चालन हुने महोत्सव यो वर्ष विविध कारणबस माघ २१ देखि फागुन २ गते सम्म धनगढीको संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना गरिने अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
अध्यक्ष कुँवरले यो वर्ष महोत्सव अरु वर्षको भन्दा फरक तरिकाले व्यवस्थापन गर्ने बताए । महोत्सवको मूल नारा नै ‘दिगो शान्तिकालागि आर्थिक समृद्धि’ रहेकोले स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको बताए ।
महोत्सवमा ८० लाख रुपैयाँ बराबरको खर्च हुने तथा १५ करोड बराबरको कारोवार गर्ने लक्ष्ये रहेको जानकारी दिए । महोत्सवमा व्यापारिक, कृषि, होटेल रेष्टुरेन्ट गरि २ सय स्टल, रमाइलो मेला र बालउद्यान रहने छ । यो वर्षको महोत्सवलाई ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको मूल आयोजक समितिले जनाएको छ ।













