दिपेन चौधरीको ‘दुई पल जिन्दगीके’ म्युजिक भिडियो सार्वजनिक
कपिलवस्तुर ६ माघ । रूपन्देहीको थारु भाषामा रहेका ‘दुई पल जिन्दगीके’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु समुदायको महान पर्व माघ (खिचडी) एवम् नयाँ बर्षको अवसर पारी छोटो समयमा ख्याति प्राप्त गर्न सफल भएका कपिलवस्तुमा रहेको खेम चौधरी नामक युट्युब चयनलबाट सार्वजनिक भएको हो ।

जसमा शब्द, संगित मानोज चौधरीको रहेको छ भने स्वरमा चर्चित गायक दिपेन चौधरी र सुमधुर गायिका मनिषा पोख्रेल रहेका छन् । म्युजिक सम्पादनमा गणेश चौधरी रहेका छन् भने मास्टरिङ प्रकाश केसीले गरेका छन् त्यसैगरी रेकर्डिङ भने ड्रिमस स्टुडियो काठमाडौंमा भएको गायक चौधरीले बताए ।
थारु गीत म्युजिक भिडियो अन्तर्गत नेपालको विभिन्न जिल्ला मनाङ, मुक्तिनाथ, पोखरा र पाल्पा लगायत लोकप्रिय, रमणीय तथा आकर्षण स्थानममा छायांकन भएको निर्माताले दावी गरेका छन् ।
त्यसैगरी भिडियो मोडल कास्टको रूपमा यसै गीतको संगितकार मनोज चौधरीले गरेका छन् जसले यस भन्दा पूर्व थारु भाषाका चलचित्र “हमार बेटवा“ र “बक्लोल“ यसैगरी नेपाली फिल्म “ब्यड न्युज“ लगायतका चलचित्रहरुमा उनले अभिनय गरिसकेका छन् ।

अर्की नायिका तथा मोडल,,, भारत न्यु दिल्लीको विभिन्न भोजपुरी चलचित्रका म्युजिक भिडियोमा समेत चर्चा कमाएको सोरली चौरसियाको पनि भिडियोमा देख्न सक्नु हुन्छ ।
छायांकनमा ड्रोेन पाईलट बिनोद चौधरीले सम्पादन गरेका रिवेल फिल्मस भैरहवा कलर ग्रेटिङ हिमाल थारु, ड्रेस डिजाइनमा श्रृभर चौधरी भि.एट. एक्स एमिसनमा अर्थात् चौधरी र निर्देशन बिबेक थापाले गरेका छ
http://www.youtube.com/watch?v=pcgtCEFBld0













