नेपाल पुलिसले पाए खप्तड गोल्डकपको उपाधिसंगै २१ लाख नगद

धनगढी, ५ माघ । मोफसलको सर्वाधिक धनराशिको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलीसले पाएको छ ।

फाईनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै नेपाल पुलिस च्याम्पियन भएको हो। पुलिसलाई उपाधि जिताउने क्रममा ६४ औँ मिनेटमा मान वहादुर परियारले गोल गरे।

उपाधिसंगै नेपाल पुलिसले नगद २१ लख हात पारेको छ भने उप विजेत बनेको थ्री स्टारले १० लाखमा चित्त बुझाएको छ।