सामाजिक उत्तरदायीत्वको क्षेत्रमा सहयोग गर्न नगरप्रमुखको आग्रह

धनगढी, ५ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामाजिक उत्तरदायीत्वका क्षेत्रमा सहयोग गर्न नगरका सहकारी संस्थासंग आग्रह गरेका छन् ।

संगम बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवश समारोहमा बोल्दै नगरप्रमुख वडले सो आग्रह गरेका हुन ।

उनले आफुहरु धनगढीलाई मानवताको शहर बनाउने अभियानमा जुटेको बताए । यो पवित्र अभियानमा जुट्न सबै संघ संस्था र नगरबासीसंग आग्रह गर्दै हाम्रो चाहना भनेको कुनैपनि मानसिक बिरामीहरु सडकमा तड्पिन नपरोस ।

धनगढीमा मानव सेवा आश्रमले सडकमा छोडिएका २१ जना असहायहरुलाई आश्रय दिएको छ नगरप्रमुख वडले भने, यहाँहरुले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा छुट्याएको रकम सोही क्षेत्रमा खर्च गर्न अनुरोध गरे ।

नगरबसीले गरेको मुठि दानले पनि ठूलो सहयोग पुग्ने बताउदै धनगढी नगरका कुनै मानसिक रोगि सडकमा भेटिए मानव सेवा आश्रमलाई खवर गरी सहयोग गरिदिन अनुरोध गरे ।

यसै बिच संगम बचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रमलाई ७ वटा बेड (खटिया) सहयोग गरेको छ । संस्थाले मानव सेवा आश्रमकी कल्पना भट्टलाई बेड हस्तान्तरण गरेको हो । आफ्नो स्थापना दिवशको अवसरमा बुहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।