विद्यार्थीद्धारा रोवोट निर्माण
अत्तरीया, ४ माघ । एभरेष्ट एकेडेमी अत्तरीयाले रोवोटिक्स एसोशियन नेपाल फारवेष्टको सहयोगमा रोवोटिक्स कार्यशाला सम्पन्न भएको छ ।
रोवोट निर्माण गर्ने कार्यशालामा विद्यार्थीहरुले ३ वटा अर्डिनो प्रविधिमा आधारित रोवोटहरु निर्माण गरेका छन् । जुन रोवोट दायाँ वायाँ र अगाडी पछाडी सेन्सर प्रयोग गरी आफै हिडन सक्ने एभरेष्ट एकेडेमीका प्रचार्य स्माइल चौधरीे जानकारी दिए ।

कार्यशालामा एभरेष्ट एकडेमी अत्तरीयाका १० र खप्तड एकेडेमीका ५ गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो । रोबोटिक्स एसोशियसन नेपाल फारवेष्टका अध्यक्ष अनिल पाण्डे तथा सचिव दिपक विष्टले कार्यशालाको सहजीकरण गरेका थिए ।














