सांसद रेशमलाई थारु भएकै कारण सपथ लगत्तै जेल कोचियो : सांसद राना

धनगढी, ४ माघ । सुदूरपश्चिम प्रदेशको हिउदे अधिबेशनमा बोल्दै सांसद मालामति रानाले सांसद रेशम चौधरी थारुको बच्चा भएकै कारण सपथ लगत्तै जेल कोचिएको बताइन् ।

सांसद रानाले भनिन् ‘नेपालको ईतिहासमा सांसदले सपथ लगत्तै पुनः जेल जानु यो पहिलो घटना हो । रेशम अरु कोही समुदायको भइदिएको भए उहाँलाई जेल जानु पर्दैनथ्यो ।’ टीकापुर घटनाका पुर्पक्षमा राखिएका सबैलाई तुरुन्तै जेल मुक्त गरियोस् भन्दै सभासंग आग्रह समेत गरिन् ।

साथै उनले प्रदेश सरकारले एक वर्ष भित्र गरेको काम कर्तव्यमाथि प्रश्न गर्दै हाल सम्म १७ वटा मात्रै विधेयक बनाउन सक्नु लाजमर्दो कुरा रहेको बताइन् । आफूले पेश गरेको कुनै पनि योजना डल्लो बजेट भित्र नपरेको गुनासो गर्दै उनले भनिन् ‘मनोमानी ढंगले डल्लो बजेट फुट्यो, मुसालाई गोबर सुघाए जस्तै भयो ।’

त्यसै गरि सांसद भरतबहादुर खड्काले प्रदेश सरकारको डल्लो बजेटको विषयमा लेखाजोखा गर्नुपर्ने बताउँदै यो गतिमा प्रदेश सरकार चल्न नसक्ने बताए । ‘प्रदेश सरकारको अवस्था नाजुक छ । हाल सम्म ०.८ प्रतिशत मात्रै बजेट खर्च भएको देखिनु नै रिजल्ट शून्य हुनु हो ।’

उनले बजेट आएको छ महिना वितिसक्दा समेत खर्च कसरी गर्ने भन्ने विषयमा अन्योलता छाउनु, योजना अराजक तरिकाले बाँडफाँड गर्नु जस्ता गतिविधिले सरकार सहि तरिकाले चल्न नसक्ने संकेट देखिएको बताए ।

सांसद बिरमान चौधरीले धेरै बलीदानीको बावजुट संघीय सरकार आएको हो । यो कुनै जादुको छडी होईन्, भन्ने वित्तिकै गन्तव्यमा पुगिन्छ भन्दै ‘भर्खर जन्मेको बच्चालाई ठूलो भारी बोकाउने काम गर्नु भन्दा पनि गन्तव्यमा पुग्नलाई बहसको शुरुवाट गरौं, सबै मिलेर बच्चालाई हुर्काउने तर्फ लागौं।’

अधिबेशनमा सांसद मानबहादुर धामी, सांसद रणबहादुर रावल, सांसद तारालामा तमांगले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।