थारुको माघ महोत्सव चुच्चेपाटीमा
काठमाडौ, १ माघ । थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघ महोत्सव’ चाबहिलस्थित ह्यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन्।
नेपाली सेनाले टुडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेको थारु समुदाय राष्ट्रिय चाड माघ (माघी)लाई यस वर्ष चुच्चेपाटीमा मनाएको थारु कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले बताए । माघलाई भव्य बनाउन साँस्कृतिक झाँकी र्याली प्रदर्शन गरिएको थियो ।













