मेलमिलाप कर्ता समुदायका न्यायधिस हुन : नगरप्रमुख

धनगढी, ३० पुस । धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मेलमिलाप कर्ताहरु समुदायका न्यायधिस भएको बताएका छन् ।

उपमहानगरपालिकाको न्याययीक समितिले संचालन गरेको मेलमिलापकर्ताका लागि आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले सोही अनुसारको ब्यावहार गर्न मेलमिलापकर्ता संग आग्रह गरे । उनले भने, तपाईहरुको भिन्न बिचार हुन सक्छ तर पनि समुदायमा देखिएका बिवाद समाधान गर्दा त्यसको गन्ध देखिनु हुदैन । नगरप्रमुख वडले समुदायलाई अनुशासित बनाउने काममा समेत मेलमिलाप कर्ताले भूमिका निभाउन सक्ने बताए ।

समुदायमामा नै द्धन्द्धको निराकरण गर्न सकेमा न्यायीक समिति सम्म धाउनु पर्दैन नगरप्रमुख वडले भने,तर बिवाद मिलाउने नाममा जबरजस्ती मिलाउनु हुदैन । धनगढी उपमहानगरपालिकाका उप प्रमुख तथा न्यायीक समितिका संयोजक सुशिला मिश्र भट्टले मेलमिलापकर्ताहरुको उपस्थीति सर्वत्र देखिनुपर्ने बताईन । उनले भनिन्, तालिमका सिकेका कुराहरु ब्यावहारमा लागु गरेमा मात्रै समुदायका धेरै विवाद समाधान भएर जान्छन् ।

ठूलाठूला द्धन्द्ध र यूद्धहरु हेर्दा सानो देखिने बिवादबाट नै सुरु हुन्छन् उप प्रमुख भट्टले भनिन्, पहिलो बिश्व यूद्ध एउटा बन्दुक पड्केका कारण भएको थियो भने दोश्रो बिश्व यूद्ध एउटा बन्दुक नपड्केका कारण निम्तीएको उदारण छ । उनले सानो देखिने बिवाद नै ठूलो रुप लिने भएकाले बडो होसियारी पूर्वक बिवाद समाधान गर्न सहभागिहरु संग आग्रह गरिन ।

तालिममा सहभागि तेजराज पनेरुले तालिमले दिमागमा भएको गलत बिचारलाई फाल्न सफल भएको बताए । उनले भने, यसले मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धी भएको छ । आठ दिन सम्म चलेको तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । सहजिकरण कानुन ब्यावसायी रोहीत देउवा र गणेश कडायतले गरेका थिए ।