थारु सांस्कृतिक प्रदर्शनी तथा फुटबल पेनाल्टीको भोली उद्घाटन हुने
कैलाली, २९ पुस । कैलारी गाउँपालिका हसुलिया कैलालीमा हुने थारु सांस्कृतिक प्रदर्शनी तथा फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको भोली (सोमबार) उद्घाटन हने भएको छ ।
भोली पुस ३० गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले जानकारी दिए ।
थारु समुदायको महान एवं नयाँ वर्ष माघी पर्वलाई विशेष बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको लागि हसुलिया बजार सिंगारिएको छ । कार्यक्रमको उद्घाटन कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीद्वारा हुने मिडिया संयोजक अनत चौधरीले जानकारी दिए ।













