कैलाली उद्योग बाणिज्य संघमा पुष्पराज कुवँर विजय (कस्ले कति मत पाए लिस्ट सहित)

धनगढी, २९ पुस । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा आफ्ना प्रतिद्धन्द्धी रुपेश स्वाँर र डिल्लीराज अवस्थीलाई पछि पार्दै पुष्पराज कुवँर अध्यक्षमा विजय भएका छन् ।

निर्वाचन समितिका अनुसार विजयी पुष्पराज कुँवरले एक हजार मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्द्धी रुपेश स्वारले ९ साय ३१ र डिल्लीराज अवस्थीले १ सय ७७ मत प्राप्त गरे ।

कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीमा कु्ँवर प्यानल विजयी भएको छन । कोषाध्यक्षमा भने स्वाँर प्यानलका भिमराज ओझा अव्वु विजयी भएका छन् । उनले ९ सय ६६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष उद्योगमा पुष्पराज कुवँर प्यानलका पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यमा कुँवर प्यानलकै गगन केसी, वस्तुगत उपाध्यक्षमा सोही प्यानलका शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा सिद्धराज पनेरु विजयी भएका छन् ।