कपिलवस्तुमा माघ मिलन तथा साँस्कृतिक महोत्सव

कपिलवस्तु, २८ पुस । माघे संक्रान्तीको अवरमा कपिलवस्तुमा आयोजना हुने माघी मिलन साँस्कृतिक महोत्सवको तयारी पूरा भएको जनाईएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–९, भगवानपुरमा यहि पुस २९ गतेसे ३ दिन सम सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरि जनाईएको हो । महोत्सव मूल आयोजक समितका संयोजक रमेश चौधरी महोत्सवको सम्पूर्ण तयारी भएको जानकारी गराए ।
‘हम्मन संस्कृति हम्मनके शान, भुमिपुत्र थारु हमरे बचाई अपन पहिचान’ भन्ने मुल नाराका साथ सञ्चालन हुना लागेको महोत्सवको उद्घाटन प्रदेश नं. ५ सांसद अभिषेक प्रताप शाह गर्ने आयोजकले जनाएको छ ।

साँस्कृतिक महोत्सवको मुख्य आकर्षण थारु भेषभुषा, पहिरनमा लेहंगा, चोलीया, अंगिया, मंगिया, सुतिया, काठले बनाएको चप्पल ९पौवा० जस्ता प्रर्दशनी रहने जनाईएको छ । त्यसैगरी खानपिनमा घोंघी, गंगटा, झिंगा माछा रहने साथै हस्ताकला समाग्री ढेंकी, ढकिया, लह्रिया, नुन राख्न बनाएको काठको भाँडो ९डोक्वा० लगायतका परम्परागत लोप हुँदै गएका सामाग्री अवलोकन गर्न सकिने जनाईएको छ ।

सांस्कृतिक कार्यक्रममा गायक श्रीनिवास चौधरी, समीक्षा चौधरी, अन्नु चौधरी, सिमान्त चौधरी, सरगम चौधरी, उत्तम चौधरी, रमेश मिसन, रन्जित चौधरी, मोडल सुनिता दहित लगायतको बेजोड प्रस्तुती रहने साँस्कृतिक संयोजक शिवराज थारुले बताए ।