कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, नतिजाको पर्खाइमा उम्मेदवार
धनगढी, २८ पुस । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतदान साँझ ४ बजे सम्पन्न भएको छ । विहान ८ बजे शुरु भएको मतदानमा दुई हजार दुई सय ६१ मत खसेको निर्वाचन समिति संयोजक यादव भण्डारीले बताए । कुल मतदाता दुई हजार सात सय ४ जना थिए ।
मतदान सकिएपछि मतपेटिका पनि संकलन भएको छ । मत गणना राति साढे ८ बजे देखि शुरु गर्ने भण्डारी बताए ।
पुष्पराज कुँवर, रूपेश स्वाँर र डिल्लीराज अवस्थीको प्यानल संघको चुनावी प्रतिस्पर्धामा छन् । उनी नतिजाको पर्खाइमा बसेको छन् ।













