एभरेष्ट एकेडेमीमा निशुल्क आँखा शिविर
अत्तरिया, २७ पुस । एभरेष्ट एकेडमी स्कुलले गेटा आँखा अस्पतालको सहयोगमा एक दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।शुक्रबार अतरिया स्थित एभरेष्ट एकेडमी स्कुलको प्रंगनमा शुरु भएका शिविरमा ५ सय भन्दा बढि विद्यार्थीहरुले आँखा जाँच गराएका थिए । आँखा जाँच गराउने विद्यार्थी नर्सरी देखि कक्षा १२ मा अध्ययनरत छन् ।

जाँच गराएका विद्यार्थी मध्ये ४५ जनामा आँखा सम्बन्धि समस्या देखिएको आयोजकले बताए । आँखामा समस्या देखिएका विद्यार्थीहरुलाई गेटा आँखा अस्पतालले निशुल्क चस्मा उपलब्ध गराउने विद्यालयका प्रर्चाय स्माइल चौधरीले जानकारी दिए । उक्त शिबिर नेत्र विशेषज्ञ पवन शाहको नेतृत्वमा सम्पन्न भएको थियो ।













