धनगढीमा २०९७ औं पृथ्वी जयन्ती मनाउदै
कैलाली, २७ पुस । धनगढीको एलएनचौकका व्यवसायीहरुले आज २०९७ औं पृथ्वी जयन्ती तथा एकता दिवस मनाएका छन् ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्ली राज पन्तले पृथ्वीनारायणले शुरु नगरेको भए एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै नसक्ने उनले बताए ।
राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।

नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताकाबीच मजबुत एकताका आधार तयार गरेको बताए । अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो ।
आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ । पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपाल रहेको बताए ।
युवा व्यवसायी राजीव गुप्ताले गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाह राष्ट्र निर्माता हुन् ।
तर आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।













