लैंगिक हिंसा न्यूनिकरणकोलागि सञ्जाल गठन
धनगढी, १० पुस । ‘हमार सक्कुहुनके एक्यबद्धताः हिंसा रहिट समाज निर्माणमे हमार प्रतिबद्धता’ भन्ने मूल नाराका साथ समाजमा बढ्दै गइरहेको लैंगिक हिंसा न्यूनिकरणकोलागि नगरपालिका स्तरीय हिंसा न्यूनिकरण सञ्जाल गठन भएको छ ।
मुक्तकमैया महिला विकास मञ्च कैलालीको आयोजना र एनपीस नेटवर्क को आर्थिक सहयोगमा धनगढी उप–महानगरपालिका वडा नं. १ देखि १९ सम्मको वडामा नगरपालिका स्तरीय हिंसा न्यूनिकरण संजाल गठन गरिएको हो ।

संजालको संयोजक पार्वती चौधरी र सचिवमा सोनी कठरिया रहेका छन् । त्यसै गरि संजालको सदस्यमा वडा–१ बाट शारदा चौधरी, मिना चौधरी, वडा–३ मा मधु चौधरी, वडा–५ मा चुन्नी चौधरी, वडा–६ लिला चौधरी, तुल्सी चौधरी, वडा–७ मा शर्मिला चौधरी, वडा–८ मा बजारी चौधरी, जानकी नेपाली, वडा–९ मा सुनिता चौधरी, वडा–१० मा राजरानी राना, भागरथी राना रहेका छन् ।
त्यसै गरि सदस्यम वडा–११ बाट कन्नार राना, रामबेती राना, वडा–१२ फुलपति चौधरी, वडा–१४ रुपा चौधरी, सुविता चौधरी, वडा–१७ विना चौधरी, देउ नारायणी चौधरी, वडा–१८ राधा चौधरी र वडा–१९ आस्मा चौधरी रहेका छन् ।

समुदायमा हुने लैंगिक हिंसा न्यूनिकरण गरि मुक्तकमैया, मुक्तकमलरी, सिमान्तकृत वर्गलाई समेटेर सबै वडाम डेखा पर्ने समस्या न्यूनिकरण गर्दै शान्ति स्थापनाको लागि संजाल गठन गरिएको जिल्ला स्तरीय संजालको सदस्य सचिव तथा थारु महिला उत्थान केन्द्रका सचिव गिता चौधरी जानकारी दिईन्
कार्यक्रमम मुक्तकमैया महिला विकास मञ्च कैलालीका अध्यक्ष कौशिला चौधरी लैंगिक हिंसामा न्यूनिकरणको लागि जोडदार आवाज उठाउन नवगठित संजाललाई आग्रह गरिन् । उनले समुदायमा काम गर्दा विभिन्न खाले बाधा अवरोध आएपनि लैगिक हिंसाबाट बाच्न र बचाउन पीडितलाई सहयो गर्ने र सम्बन्धित ठाउँ सम्म जान सल्लाह दिदै वकालतमा सहयोग गर्नुपर्ने बताए ।













