बेतबाँसले फेरिएको जीवनशैली, मासिक ३० हजारसम्मको आम्दानी

धनगढी, २६ पुस । कैलारी गाउँपालिका ५ छोटी पलियाका ३४ वर्षिय सोचमति चौधरीको जीवनशैलीमा बेतबाँसले फेरबदल ल्याइदिएको छ ।

ग्रामिण क्षेत्र त्यो पनि भारतको सिमाना छेउ बसोबास गर्ने सोचमति धनगढी बजारमै बसेर यति ठूलो नाम र दाम कमाउछु भनि सोच्दै नसोचेको चाहन पुरा भएको बताउछिन् ।

उनी २०६३ सालमा लघु उद्यमशिल कार्यालयबाट ४५ दिने बाँसको तालिम लिईन् । त्यसको केही दिनमै १२ दिने बेतको पनि तालिम लिएको बताइन् ।

शुरुवाटी चरणमा बेतबाँसबाट बन्ने विभिन्न सामाग्रीहरु जस्तै गमला, चुरीदानी, ह्यांगर, र्याक, फ्रेम, ब्रसदानी जस्ता साना साना समानहरु समुहमै मिलेर बनाउन सिक्यौं । बनेको सामाग्रीपनि नजिकैको भारतिय बजार चन्दन चौकी, सुडा बजार, बेलापरौसा सम्म टाउकोमा बोकेर बेच्ने गरेको बताईन् ।

उनले भनिन् ‘टाउकोमा बोकेर इन्डिया जस्तो ठाउँमा बेच्न जानु हामीलाई निकै चुनौती थियो तर पनि मेहनत गरेर बनाएको सामाग्री घरमै ठन्क्याउनु भन्दा एकदुई पैसाको लोभले धेरै संघर्ष गर्यो ।’ दिनभरि डुलेर एक दुईवटा मात्रै बेच्थ्यो, निराश भएर समुहका सहकर्मीहरुपनि विस्तारै साथ दिन छोड्यो ।

सिप सिकेको आठ वर्ष सम्म घरमै बसेर सामाग्री बनाउने र गाउँम लगेर बेच्ने गर्दथे । विस्तारै सोचमतिको सोचमा परिवर्तन आयो र उनी २०७१ सालमा धनगढी बजार प्रबेश गरिन् ।

हाल उनी धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडीमा पसल थापेको बताउछिन् । आज भोली ग्राहकहरु पसलमै लिन आउने गरेको बताउदै बेतबाट बनेका टि टेबुल, सोफा, र्याक ह्यांगर, चुरी स्टेन, पुजाथाली जस्ता सामाग्रीको अडर अनुसार बनाईरहेको बताईन् ।

उनले धनगढी बजार आउँदा वर्षिक एक कुन्टल बेतबाट पसल शुरुवाट गरेको बताउदै हाल १५ कुन्टलपनि अपुग भएको बताउछिन् ।

उनले प्रति कुन्टलबाट कच्चा पदार्थ र श्रम कटौटीगरि ३० हजार सम्मको आम्दानी आउने गरेको बताईन् । अहिले उनको वार्षिक आम्दानी ४ लाख ५० हजारको हाराहारीमा भईरहेको छ ।

उनी दाड्ड, राप्ती, सल्यान लगायत २० ठाउँमा तालिम समेत दिइसकेको बताईन् ।
उनी आफू जस्तै अरु महिलाहरुपनि सिप सिकेर आफ्नो खुट्टाम उभिन सकुन् भन्ने उद्देश्यले ५ जनालाई आफ्नो पसलमै फ्रि मा सिप सिकाईरहेको बताईन् । दुई जना त सिकेरपनि आफ्नै पसल थापिसकेको बताईन् ।

उनले प्लाष्टिकको कुर्सी भन्दा बेतको कुर्सी निकै फलदायी रहेको बताउदै यस्तो सामाग्री प्रदुषण रहित बातावरणसंगै स्वास्थ्यको लागि पनि राम्रो र बैज्ञानिक रहेको बताउछिन् ।

उनले बनाएको सामाग्री दिपायल, डोटी, धनगढी र काठमाडौं सम्मपनि पुगेको छ । ठाउँ ठाउँमा लाग्ने महोत्सवमा पनि प्रचारप्रसारको लागि आफूहरु पुग्ने गरको सोचमतिले बताइन् ।

उनी आफ्नो श्रीमानलाई पनि यहि पेशामा मेहनत गर्न सकिाई रहेकी छिन् । हातेसिपबाट कमाएको पैसाले धनगढी स्थित शिवनगरमा ७ धुर जमिनपनि खरिद गरिसकेको खुशी व्यक्त गरि ।

यस्तै पेशामा रमाउदै आएका ४३ वर्षिया लक्ष्मी चौधरीपनि मासिक २२ हजार आम्दानी गर्दै आईरहेकी छिन् । धनगढी ४ उत्तरबेहडी घर भएका चौधरी २०६८ सालमा सिप सिकेर घरमै व्यवसायी गरिरहेकी छिन् ।

५० केजीबाट शुरुवाट गरेको व्यवसायी हाल १० कुन्टल सम्म खपड हुने गरको बताउछिन् । उनी दुई छोरा बुहारीलाई पनि आफूसंगै बेतबाँसमै व्यस्त बनाएकी छिन् । बेतबाँस टीकापुरको सत्ती बजारबाट ल्याउने गरेको छ । बेतको प्रति केजी ६८ रुपैया पर्छ ।

जेठो छोरा धनगढी बजारमै कपडा पसल खोलेको र कान्छो छोरा सरकारी जागिरे छन् तर घर खर्च चलाउन कहिलै छोराहरुसंग पैसा माग्दनौं । यसैबाट चल्छ ।

त्यसै गरी टीकापुर ६ अम्बासाका सोमति चौधरीपनि २०७२ सालदेखि बेतबाँसको सामाग्री व्यस्त छिन् । उनी मासिक १५ हजार रुपैया नाफा भईरहेको बताउछिन् ।

महिला उद्यमी साना तथा घरेलु महाँसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रुकमनि देवकोटाले महिला उद्यमीहरुको तथ्यांक व्यवस्थित गर्नकैलागि महिला उद्यमशीलता बस्तु तथा प्रविधि प्रर्दशी मेलाको आयोजना गरेको बताए । उनले यो मेलाबाट उद्यमशील महिलाहरुलाई गोलबद्ध गरि एकै ठाउँ ल्याउने उद्देश्य रहेको बताए । अब विस्तारै सुदूरपश्चि प्रदेशका उद्यमशील महिलाहरुको तथ्यांकलाई व्यवस्थित गर्न नीतिगत योजनाहरु बनाईरहेको बताए ।