गरीखाने शिक्षा अहिलेको आवश्यकता : नगरप्रमुख वड
धनगढी, २४ पुस । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरीखाने शिक्षा अहिलेको आवश्यकता हरेको बताए । धनगढी स्थित ऐश्वर्य विद्या निकेतनको ४२ औं बोर्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा प्रमुख वडले यस्तो बताए । उपमहानगरपालिकाका क्षेत्रका विद्यालयहरुलाई कक्षा ८ बाट नै प्राविधीक शिक्षाको पठनपाठन गराउन आग्रह समेत गरे ।
गैर प्राविधीक बिषय पढ्दा बिद्यार्थीहरुको लामो समय औपचारीक शिक्षा लिनमै समय बित्ने गरेकोले अबको शिक्षा गरीखाने शिक्षा हुन आवश्यक रहेको बताए ।
उनले ऐश्वर्य विद्या निकेतन उत्कष्ठ शैक्षिक संस्था भएको बताउदै विद्यालयको गुणस्तर सुधार गर्न विद्यालय ब्यबस्थापन समिति अभिभावक र विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
ऐश्वर्य बिद्या निकेतनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि काम भैरहेको बताउदै नगरप्रमुख वडले भने, क्याम्पस तहको पढाई केहि समय भित्रै आफ्नै संरचनामा गरिने गरि तयारी भैरहेको छ , बिद्यार्थीहरुलाई ऐश्वर्यको विद्यार्थी हुँ भन्नेमा गर्भ महशुस गर्नुपर्ने बताए ।













