‘व्यवसायीक एकता र आर्थिक समृद्धिको लागि उम्मेदवारी’

कैलाली उद्योग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा अध्यक्षको उम्मेदवार लगायत चुनावमा उत्रेका व्यवसायीहरुमा चुनावी सरगर्मी बढेको छ । यहि पुस २८ गते देखि हुने चुनावमा तीनबटा प्यानल चुनावी मैदानमा उभिएको छ । उम्मेदवारहरु आफ्नो जीत सुनिश्चितताको लागि प्रचारप्रसारसंगै थुप्रै प्रतिवद्धता लिएर रात दिन व्यापारीहरुसंग भलाकुसारी, भेटघाटमा व्यस्त छन् । यही मैदानमा युवा व्यवसायी पुष्पराज कुँवर पनि अफ्नो टीम सहित मैदानमा उत्रिएका छन् । उनी विगत २५ वर्षदेखि व्यवसाय गर्दै आइरहेका कुँवर बडिमालिका मार्केटिङ्ग, बडिमालिका एग्रोइन्डस्ट्रिज, होटल फ्लोरा र श्याम सुन्दर निर्माण सेवाको सञ्चालक पनि हुन् । केर्नी न्यूज डटकले अध्यक्षको उम्मेदवार कुँवरसंग गरिएको कुरानीको सम्पादित अंशः

१. तपाईलाई स्वागत छ ?

धन्यवाद ।

२. चुनावी चहल पहल कस्तो भइरहेको छ ?

चुनावको मिति नजिकै आईसक्यो । जसलेगर्दा चुनावी चहल पहल बढ्नु स्वाभाविक हो । संघको नयाँ नेतृत्व चयनको लागि उम्मेदवार लगायत यहाँका व्यपारीहरुमापनि चुनावी सरगर्मी बढेको छ । सबै उम्मेदवार आफ्नो जीत सुनिश्चिताताको लागि प्यानल सहित व्यापारीकहाँ भेटघाट गर्नेमा व्यस्त छन् । व्यापारीहरुको पीडमर्का, समस्या बुझ्न उहाँहरुसंगको भलाकुसारी भइरहेको छ । मेरो नेतृत्वको प्यानल पनि चुनाव प्रचार प्रसारमै व्यस्त छ ।

३. बजारमा चुनावको बेलामा मात्रै व्यापारीहरुसंग भेटघाट गर्ने गुनासो आइरहेको छ नि ?

यस्तो गुनासो आउनु सकारात्मक पक्ष हो । यहाँका व्यापारीहरुसंग तमान समस्या छ । जुन चुनावी दौरानमा हामी कहाँ गुनासो गरिहरेका छन् । यहाँका व्यापारीहरुको हकहित संरक्षण तथा प्रवद्र्धन गर्नको लागि कर, भन्सार छुट, बीमा, बैकिंग कारोबार र आवश्यक सुरक्षा प्रदान गर्न नसक्नु संघ भित्र वर्षैदेखि आएको समस्या हो । यी विषयलाई हामीले मध्येनजर गरिरहेका छौं । साथै व्यापारीहरुको तर्फबाट आउने गुनासोलाई सकारात्मक लिदै हाम्रो नेतृत्वको जितपछि यी सबै विषयलाई कार्यान्वयनमा ल्याउन विशेष प्राथमिकता साथ काम गर्नेमा प्रतिबद्ध छौं ।

४. व्यापारीहरुबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?

एकदमै राम्रो प्रश्न गर्नु भयो । चुनावी दौरानमा हाम्रो प्यानल यहाँका उद्योगी, व्यापारीहरुसंग धेरै राम्रो प्रतिक्रिया आइरहेको छ । मेरो यो संघमा तीन कार्यकाल भईसक्यो । म सबै व्यापारीहरुसंग प्रत्यक्ष अप्रत्यक्षरुपल नजिक छुँ । सबै व्यापारीहरुको गुनासो सुन्ना पुनः मौका पाएको छु । यहाँसम्म कि म उहाँहरुको थुप्रै समस्यालाई समाधान पनि गरिसकेको छु, बाँकी समस्या समाधान गर्नकोलागि यो उम्मेदवारी दिएको हुँ । संघमा मेरो दुई कार्यकाल सदस्य र एक कार्यकाल कोषाध्यक्षको अनुभव छ । उहाँहरुको सहयोगले नै म नेतृत्वको लागि अगाडी बढेको छु । विश्वास छ मलाई सबै व्यवसायीहरु सहयोग गर्छन् भन्ने अपेक्षा छ ।

५. चौथो कार्यकालमा पनि तपाईको उम्मेदवारी किन ?

म अघि पनि भने, संघको ३ कार्यकालमा बसिसके । मा सबै व्यापारीहरुको पीडमर्का नजिकबाट बुझेको छु । मेरो चुनावी नारा नै ‘व्यवसायीक एकता ओ आर्थिक समृद्धि’ छ । सबै भन्दा पहिल यहाँको व्यापारीहरुलाई एकतावद्ध गरि व्यापार व्यवसायबाट नै समृद्धि गर्ने लक्ष्य हो । विगतदेखि संघले सुदूर पश्चिमा राख्दै आएको २१ बुँदे माग मध्ये पुरा नभएको माग पुरा गर्नलाई, सुदूर पश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि विशेष क्षेत्र (सेज), व्यवसायीक क्षेत्र र सुख्खा बन्दरगाह स्थापनाको लागि मेरो उम्मेदावारी हो ।

त्यसैगरि संघमा आवद्ध व्यपारीहरुको लागि डिजिटल परिचय पत्रको व्यवस्था, आवद्ध हुने व्यपारीहरुको पनि डिजिटल प्रविधि प्रयोगगरि सदस्यता दिने, व्यवसायीहरुको पीडमर्का बुझ्नकोलागि हेल्प डेस्कको व्यवस्था, फोहोर मैला, पार्किङ्ग, शौचालय व्यवस्थापन, बजारलाई व्यवस्थित गर्न सडक बत्ति, सिसि टिभी, प्रहरी बिटको स्थापना, गौरीफन्टा नाकालाई स्तरोन्नती, कर मैत्रीपूर्ण बनाउने, अनियन्त्रित घरभाडालाई व्यवस्थित र बैज्ञानिक बनाउन पहल गर्ने । यी तमान व्यवसायीहरुको हकहित, सुरक्षा, विमा, स्वास्थ्य, बजारीकरण कैना, कृषिजन्य बस्तुमा देखापरेको निर्यातका लागि भारतीय भन्सारमा प्लान्ट क्वारेन्टाइनको लागि विशेष पहल गर्न मेरो उम्मेदावरी रहेको छ ।

६. अन्तमा के भन्नु हुन्छ ?

धन्यवाद केर्नी न्यूज डटकम परिवारलाई । साथै सबै व्यवसायीहरु सही नेतृत्वको लागि कुँवर प्यानललाई भोट दिएर सहयोग गरिदिन आग्रह गर्दछु । धन्यवाद ।