विकास र प्रवद्र्धनको लागि महोत्सव
धनगढी, २३ पुस । सुदूरपश्चि प्रदेशको विकास र प्रर्वद्धनको लागि सुन्दर सुदूरपश्चिम महोत्सव सञ्चालन भएको छ ।
प्रदेशको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले धनगढीको भन्सार रोडमा सो महोत्सव सञ्चालन भएको हो ।
महोत्सव विश्वज्योति युवा क्लब र शक्ति यूवा क्लबद्धारा आयोजना गरेको मूलआयोजक समितिका संयोजक श्याम विष्टले बताए । उनले धनगढी लगायत सुदूरपश्चिका ९ वटै जिल्लामा रहेको पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनकोलागि यो महोत्सव आयोजना गरेको बताए ।
महोत्सव र मेलाले स्थानीय उत्पादनको प्रचार प्रसार संगै आन्तरिक तथा बाह्य पयर्टन भित्र्यिानुका साथै सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक कला, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

महोत्सवमा हरेक दिन फरक फरक स्कुलका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाईरहेको बताउदै महोत्सव अबधिभर नै स्थानीय कलाकारहरुलाई बढि प्राथमिकता दिइरहेको विष्टले जानकारी दिए ।
उनले प्रदेशको विकास गर्न प्रदेश भित्रै उत्पादन भएका बस्तु, कलालाई प्रवद्र्धन गर्न जरुरी रहेकोले प्रदेश भित्रकै प्रतिभाशालीहरुलाई प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरिदिएको बताए ।
संयोजक विष्टले यो वर्ष महोत्सवबाट आम्दानी खोज्नु भन्दा पनि सिकाईकैरुपले लिनुपर्ने बताए । उद्घाटन भएको दोस्रो दिनमै १२ लाख बाराबरको कारोबार भएको तर तेस्रो दिन पानी परेर दर्शकहरु अलि कम भएपनि चौथो दिन महोत्वि अवलोकन गर्न दर्शकहरुको राम्रो उपस्थिति रहेको बताए । महोत्सव सञ्चालन गरेर क्लबलाईपनि सृर्जनशील काम गर्ने उत्प्रेणा मिलेको विष्टको भनाई थियो ।
भारतीय पर्यटकहरुको संख्या बृद्धि गर्न यो महोत्सवले ठूलो भूमिका खेलेको पनि विष्टले बताए । महोत्सबमा रहेका ३ सय ५० स्टल मध्ये २० वटा होटल र ३० वटा कृषि प्रदर्शनीका लागि छुट्याइएको छ ।
भारतीय कलाकारहरु पनि प्रस्तुती देखाउने

कैलालीको धनगढीमा जारी सुन्दर सुदुरपश्चिम महोत्सवमा नेपालसंगै मित्र राष्ट्र भारतका कलाकारले समेत आफ्नो प्रस्तुती दिईरहेका छन् ।
नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारसंगै प्रत्येक दिन छिमेकी मुलुक भारतका कलाकारले समेत प्रस्तुती दिईरहेका छन् ।
आज सोमबार राष्ट्रिय कलाकारमा कमल खत्री र लाल बहादुर धामीले आफ्ना विभिन्न गितहरु प्रस्तुत गरेका थिए । त्यस्तै बच्चाकालमा नै एउटा खुट्टा गुमाएकी बहुचर्चित नृत्यांगना रोमा न्यौपानेले विभिन्न गितमा नृत्य प्रस्तुत गरेकी थिइन् । महोत्सवमा मित्र रास्ट्र भारतको पलिया मन्टेश्वरी स्कुल पलियाको पनि सहभागीता रहेको थियो ।
पुस २४ गते दुर्गेश थापा, रेश्मा पुन, दिपाशा बिसी, सुशिला कार्की साथै स्थानीय कलाकारको उपस्थिति रहने महोत्सव संयोजक श्याम बिष्टले जानकारी दिए ।
महोत्सवमा कैलाली कञ्चनपुरका विभिन्न स्थानका साथै भारतको उत्तरप्रदेशबाट पनि महोत्सव हेर्नका लागि सर्बसाधारणहरु आएका थिए । महोत्सवमा कुषि स्टल, व्यापारिक स्टल, स्थानिय थारु र पहाडी जिल्लामा पाईने खानाका स्टल, बाल उधान, रमाईलो मेला लगाएतका आकर्षण रहेका छन । पौष २० गते देखि सुरु भएको महोत्सव माघ २ गते सम्म सञ्चालन हुने आयोजक जनाएको छ ।














