कंसाकारलाई कालोमोसो दल्ने तामाङ गिरफ्तार
काठमाडौँ, २२ पुस । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा सुरेश तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ ।
क्रान्तिकारी माओवादी केन्द्र निकट युवा संगठनका नेता समेत रहेका तामाङलाई प्रहरीले आइतबार काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको हो । क्रान्तिकारी युवा लिगका कार्यकर्ताहरुले शुक्रबार कार्यकक्षमै कंसाकारलाई कालोमोसो दलेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले गिरफ्तार गरेको हो । तामाङलाई घरबाट खाना खाएर बाहिर निस्कदै गर्दा विहान ११ बजे गिरफ्तार गरिएको पारवारले बताएका छन् । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ । कंसाकारलाई कालोमोसो लगाउने घटनामा संलग्न भएको कारण तामाङलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।
सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख घोटालाको मुख्य दोषी कंसाकार भएको भन्दै कारवाहीको सिफारिस गरेको थियो । समितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कारवाही गर्न सिफारिस गरेको थियो ।













