प्रारम्भिक कक्षा पढाईकालागि विद्यालयलाई २ लाख अनुदान

धनगढी, २२ पुस । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भीक कक्षा पढाईका लागि कैलालीका १७९ विद्यालयलाई प्रति विद्यालय २ लाख रकम अनुदान दिने भएको छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत आज आईतवार सज्जन आधारभूत विद्यालय उर्मामा आयोजित विद्यालय व्यवस्थापन अनुदान कार्यान्वयन सम्वन्धि अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो ।

विद्यालयको विभिन्न शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरूको व्यवस्थापन गर्न, विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको शैक्षिक तथा अन्य पक्षहरूको निरन्तर विकासका लागि विद्यालय व्यवस्थापन समितिकै नेतृत्वमा विद्यालयको नियमित कार्यव्रmम तथा योजनामा प्रारम्भिक कक्षा पढाइ सुधारका व्रिmयाकलापहरू समावेश गर्न,प्रारम्भिक कक्षामा विद्यालय प्रशासनको ध्यान तथा लगानी केन्द्रित गरी आधारभूत शिक्षाको दीर्घकालीन विकास गर्ने, उद्देश्यले विद्यालय व्यवस्थापन अनुदानको व्यवस्था गरिएको उक्त अवसरमा जानकारी गराईएको थियो ।

नेपाल सरकारको नेतृत्व र प्रारम्भिक कक्षा पढाइ कार्यव्रmमको प्राविधिक सहयोगमा कैलाली जिल्लाका १७९ वटा विद्यालयले विद्यालय व्यवस्थापन अनुदान वाफत रु २ लाख प्राप्त गर्ने र उक्त रकम छापामय वातावरणको कक्षा कोठा निर्माण,साथीदौतरी शिक्षा तालिम,पढाई महोत्सव,शिक्षक अभिभावक सम्मेलन,पढाई शिविर,र स्थानियस्तरमा शैक्षिक सामाग्रीको निर्माण र प्रयोग गर्ने कार्यमा खर्च गरिने बताईएको छ । यसले विद्यालयमा अभिभावकहरुको उल्लेख्य सहभागीतामा वृद्धि विद्यालयको शैक्षिक सामाग्रीको उपलब्धता,विद्यालय समय वाहेक अन्य शैक्षिक गतिविधीमा अभिभावकको सहभागीता,विद्यालय सुधार योजनामा पनि प्रारम्भीक कक्षा पढाईका गतिविधीहरुको निरन्तरता आउने राष्टिय प्रारम्भीक कक्षा कार्यक्रमका क्षेत्रीय पिल्ड संयोजक प्रतिभा चौधरीले बताउनु भयो ।

अनुदानले विद्यालयमा कक्षा १ देखि ३ सम्म छापामय वातावरण कक्षा कोठा निर्माण गर्ने ,शिक्षक अभिभावकहरुको नियमित अन्क्रिया गर्ने,पढाई महोत्सव,पढाई शिविर गर्ने,अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावकबिच नियमित छलफल गर्ने योजना रहेको विद्यालयकी प्रधानाध्यपक देवराज ओझाले बताउनु भयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष माधवराज राना, वडा सदस्य दिलसरी वि.क.,प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक खुशीराम र्चौधरी लगायतकाले अनुदान रकमले कक्षा एक देखि तिन सम्मका विद्यार्थीहरुको पठन सिपमा पर्याप्त सहयोग र गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताउनु भयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लाल वहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।