मुक्तकमैया महिला विकास मञ्चद्धारा १६ जनालाई सामाग्री हस्तान्तरण
धनगढी, २१ पुस । मुक्तकमैया र सिमान्तकृत समुदायको सामाजिक आर्थिक शसक्तिकरणका लागि १६ जनालाई नास्ता पसल सामाग्री हस्तान्तरण गरिएका छ ।
एफसिएको आर्थिक सहयोगम मुक्तकमैया महिला विकास मञ्चले मुक्त कमैया र सिमान्तकृत समुदायको सामाजिक आर्थिक शसक्तिकरण परियोजना अन्र्तगत कैलालीमा रहेका मुक्तकमैया र सिमान्तकृत वर्गलाई सो सामाग्र्री हस्तान्तरण गरिएको हो ।
उनीहरुलाई नास्ता पसल सञ्चालन गर्नको लागि प्रति व्यक्ति १५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको परियोजनाका संयोजक इन्द्र चौधरीले जानकारी दिए ।

नास्ता पसल संचालन गरि उनीहरु आर्थिकरुपले शसक्त बन्ने उद्देश्यले गौरीगंगा नपा–२ आमबगियाका नमूना महिला समूहका हिमा चौधरी, गौरीगंगा नपा–१० स्थित लालीगुराँस महिला समूहका फुलमति चौधरी, र नपा ४ का कालिका महिला समूहका सिता चौधरी, कैलारी गाउँपालिका–२ रामपुरको नयाँ जीवन स्वलम्बन महिला समूहका बसन्ती चौधरी, कैलारी गाउँपालिका–५ बन्दरगौह्रीको लालीगुराँस महिला समूहका गुलाली कुमाललाई सो सामाग्री हस्तान्तरण गरिएको संयोजक चौधरीले बताए ।

कैलारी गाउँपालिका–७ मिलनपुरका लालीगुराँस महिला समूहका जगमाली चौधरी, कैलारी गाउँपालिका–२ रामपुरका प्रगती महिला समूहका सुक्नी देवी चौधरी, गौरीगंगा नपा–२ आमबगियाका नमूना महिला समूहका जगतकुमारी कठरिया, गौरीगंगा नपा–४ लगडी कालिका महिला समूहका लौटी चौधरी, गौरीगंगा नपा–४ सन्तोषी महिला समूहका रिना चौधरी, कैलारी गाउँपालिका–६ हिरापुरका मुक्तकमैया महिला समूहका कमला चौधरीलाई पनि नास्ता पसल संचालनलागि सामाग्री सहयोग गरिएको हो ।
त्यसैगरि कैलारी गाउँपालिका–८ टुटपुर लोहरपुरका जागरण महिला समुूहका फुलझरिया चौधरी, विमला चौधरी, कैलारी गाउँपालिका–२ रामपुरकोे प्रगती महिला समूहका महाराजी चौधरी, नयाँ जीवन स्वलम्बन महिला समूहका गीता चौधरी, भलरना स्वलम्बन महिला समूहका ठगनी चौधरीहेलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
मुक्तकमैया र सिमान्तकृत समुदायका सामाजिक आर्थिक शसक्तिकरणको लागि नास्ता पसल संचालन गर्न सामाग्री सहयोग गरिएको मञ्चका अध्यक्ष कौशिला चौधरी बताइन् ।













