कैलारी गाउँपालिकाले आइतबार संसदीय व्यवस्थाको अभ्यास गर्ने : अध्यक्ष
कैलाली, २१ पुस । कैलारी गाउँपालिकाले भोली (आइतबार) संसदीय व्यवस्थाको अभ्यास गर्ने बताइएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले हिउँदे अधिबेशन कार्यक्रम तय गरेर संसदीय व्यवस्थाको अभ्यास गर्ने बताए ।
सुदूरपश्चिम प्रदेशमा सम्भव तहः कैलारी गाउँपालिकाले नै पहिलो पटक संसदीय व्यवस्थाको अभ्यास गर्न लागेको अध्यक्ष चौधरीले दाबी गरे ।
उनले कार्यक्रमको शुरुवाटमा राष्ट्रिय गान, त्यसपछि विशेष सम्बोधन, विधेक प्रस्तुत, छलफलको नाम दर्ता र समापन गर्ने कार्य तालिका रहेको बताए । गाउँपालिकाले गाउँसभा भवन र इजलास कक्ष समेत निर्माण गरिसकेको छ ।













