सहकारी ऐन र ऐलानी जमिनको लालपुर्जाबारे छुट्टै नीति बनाउँनुपर्छ : नगरप्रमुख वड
नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारण सभा
धनगढी, २१ पुस । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सहकारी ऐन र ऐलानी जमिनको लालपुर्जाबारे छुट्टै नीति बनाउँनु बताए ।
नमस्ते बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा बोल्दै नगरप्रमुख वडले यो सवाल प्रदेश सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकोले छिट्टै नीति बनाएर कानून निर्माण गर्न अग्रह समेत गरिसकेको बताए ।

उनले ऐलानी जमिनको सवालमा मूख्य मन्त्रीसंग पटक पटक छलफल समेत गरिसकेको बताउदै अब छिटैनै समस्या समाधान हुने असवासन दिए ।
‘कैलालीमा राम्रो सहकारीको रुपमा चिनिने नवजिवन सहकारी संस्था हो, नमस्ते सहकारीलाई पनि नवजिवन जस्तै बनाउन सेयर सदस्यहरुले पनि साथ र सहयोग दिनुपर्छ ।’

सहकारीले जनताले सहजरुपले ऋण खेलाउन पाउने प्रवाधानकोलागि समय अनुकुल विधान परिमार्जन गर्दै जनुपर्ने आग्रह गर्दै सहकारीको उपलब्धिमूलक नीति बनाउनुपर्ने बताए ।
सहकारीलाई फस्टाउनकोलागि शिक्षा, सामाजिक क्षेत्र जस्तो ठाउँमा लगानी लगाउने नीति नियम बनाएर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट समुहलाई कदर पत्र सहित सम्मान गर्नुका साथै पहुरा थारु दैनिकलाई मायाको चिनो प्रर्दान गरेका थिए ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नारायण बराल, थाकसका कार्यबाहक अध्यक्ष माधब चौधरी, लघुबित्त सहकारी संस्थाका अध्यक्ष प्रभात चौधरी, थाकस केन्द्रीय पार्षद पुरन चौधरी, थारु नागरिक समाजका दिनबहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२०६५ सालमा स्थापना भएको सहकारीमा ३० जना मिलेर शुरुवाट गरेका थिए । हाल चार हजार सेयर धनी पुगेको आयोजकले बताए ।













