महिला अधिकार सुनिश्चितताकालागि प्रदेश स्तरीय बैठक
सुदुर पश्चिम प्रदेशका प्रदेश सभासदहरुसंग संकल्पले महिला अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरिय बैठक बसेको छ ।
महिला अधिकार के हो र किन आवस्यक छ महिला अधिकार र महिलाहरुको अवस्थाका बारेमा कार्यक्रममा महिला अधिकारकर्मी तथा कानुन व्यावसायी डा. जानकी तुलाधरले कार्यपत्र प्रस्तुत गरेकी छिन् ।
कार्यक्रममा प्रदेश सभासद दुर्गा बिकले महिलाहरुले हिजोको महिला आन्दोलन बाट स्थापित आजको महिला अधिकारलाई स्थापित गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष दलका सचेतक डिल्ली राज पन्तले प्रदेश सरकारले महिला अधिकार सुनिश्चिततताकोलागि प्रदेश स्तरिय कानुन बनिरहेको बताए ।उनले कानून निमार्णपछि कार्यान्वयन गर्ने बताए ।













