गैडाको खागसहित ५१ वर्षीय भण्डारी पक्राउ
बाजुराको बुढीगंगा नगरपालिका ३ का ५१ वर्षीयचक्र भण्डारी गैडाको खागसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दुलर्भ वन्यजन्तु गैंडाको खागसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारी हाल धनगढी उपमहानगरपालिका–५ जाईमा बस्दै आएका आएका थिए । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आज (बुधबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।













