तोडौं मौनताः अन्त्य गरौं दण्डहिनता नाट्य प्रस्तुती (भिडियो सहित)

धनगढी, १४ पुस । द्धन्द्धपीडित महिलाहरुको जीवनगाथामा आधारित डिजिटल कथाकथन, चित्रकला र नाट्य प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ ।

द स्टोरी किचेन, युएन वुमेन, द्धन्द्धपीडित साझा चौतारी, इक्वेल एक्सेसद्धारा आयोजित कार्यक्रममा डिजिटल कथाकथन, चित्रकला र नाट्य प्रस्तुती गरेको हो ।

तोडौं मौनताः अन्त्य गरौं दण्डहिनता कार्यक्रम मार्फत द्धन्द्धपीडित महिलाहरुको जीवनगाथा आर्ट, अडियो र नाट्य मार्फत देखाइएको थियो । नाटक एकदमै मार्मिक रहेको थियो ।

नाटकमा द्धन्द्धकोबेला महिलाले भोगेका कथाहरु समेटिएको थियो साथै द्धन्द्धकोबेला यौन हिंसा भोगेका महिलाहरुले अहिलेपनि सामाजिक तथा घरेलु हिंसा खेप्न बाध्य भएको नाट्य प्रस्तुति गरिएको थियो ।

१० बर्षे द्धन्द्धका क्रममा १७ हजार भन्दा बढी नेपालीले ज्यान गुमाउनु परेको थियो भने एक हजार चार सय भन्दा बढी वेपत्ता पारिएका थिए। तर यौन हिंसा कत्तिले भोगे भन्ने तथ्यांक कहिपनि उल्लेख भएको देखिदैन ।

शान्ति सम्भौता भएपछि पनि महिलाहरु हिंसा भोग्न बाध्य भएकाले न्यूनीकरणका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेलले बताएन् । कार्यक्रमको उद्धघाटन प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश वहादुर शाहले गरेका थिए । क्रियाशील पत्रकार महिल र मनिंगबेल दैनिकले मिडिया सहकार्य गरेको थियो ।

सरकारले यस्ता हिंसाबाट प्रताडित महिलाहरुको न्यायकोलागि विशेष खालको नीति बनाई दिएको भए सायद हिंसा पीडित महिलाहरुलाई न्यायको ढोका सम्म पुग्न सहज हुने थियो ।