लक्ष्मण थारुको स्वास्थ्यमा समस्या, चेकअपको लागि अस्पताल धाउदै

धनगढी, १३ पुस । टीकापुर घटनाका आरोपित कैलाली कारागारमा पुर्पक्षकोलागि थुनामा राखिएका लक्ष्मण थारुको स्वास्थ्य अवस्थामा समस्या देखिएको कैलाली कारागारका जेलर महेन्द्र खड्काले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार थारुको ढाडमा समस्या देखिएकोले विहान सेति अञ्चल अस्पतालमा उपचार गराइएको बताए ।

नेता थारुको टाउको, छाती र ढाडमा समस्या देखिएकोले कैलाली कारगारले चेकजाँचकोलागि सेति अञ्चल अस्पताल पुर्याएको हो ।

साथै लक्ष्मण थारुको परिवारको आग्रहमा धनगढी स्थित जनता क्लिनिकमा पनि उपचार गरेको जेलर खड्काले जानकारी दिए । थारुलाई अहिले कारागारमै राखिएको छ । भोलि (शनिरबार) विहान पुनः उपचारकोलागि अस्पताल लैजाने सल्लाह भईरहेको जेलरले बताए ।