‘देशको लडाई त सकियो तर हाम्रो घरको लडाई बाँकी छ !’

धनगढी, १३ पुस । सशस्त्र द्धन्द्धको बेला यौन हिंसाको चपेटामा परेका महिला तथा बालिकाहरुको पीडा राज्यले सुनुवाई नगरेको कारण हाल सम्म उनीहरु न्यायबाट बञ्चित भएको अनुभूति सुनाउँछन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै द स्टोरी किचनका अध्यक्ष तथा संस्थापक जया लुइँटेल द्धन्द्धको बेला हत्या, बेपत्ता, लुटपात जस्ता घटनालाई राज्यले सम्बोधन गरे पनि यौन हिंसाबाट प्रताडित महिलाहरुको अवाज जस्ताको त्यस्तै रहेको बताईन् ।

उनले त्यस्ता महिलाहरुको अवाज बाहिर ल्याउनकोलागि पौष १४ गते धनगढीमा ‘तोडौं मौनताः अन्त्य गरौं दण्डहिनता’ भन्ने विषयमा प्रदेश स्तरीय कार्यक्रम गर्न लागेको बताइन् । सशस्त्र द्वन्द्वका बेला बलात्कार, यौनजन्य हिंसा र यातनाको घटना भोगेका महिलालाई न्यायको लागि डिजीटल कथाकथन, चित्रकला तथा नाट्य प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जानकारी दिईन् ।

हिंसा प्रभावित महिलाहरु सामाजिक संरचनाको कारण घर, परिवार र समाजसंग लडाई लड्दै न्यायको खोजीको आफ्नो आवाज सरकार समक्ष सुनाउन खोजिरहेकोले उनीहरुले भोगेको बास्तविक कथालाई समेतेर डिजीटल कथाकथन, चित्रकला तथा नाट्य प्रस्तुती मार्फत आफ्नो जीवनगथा सुनाउने वातावरण सृर्जना गरिदिएको बताईन् ।

उनले द्धन्द्धकोबेला बलात्कार, यौनजन्य हिंसा र यातना, जस्ता पीडाको सम्बोधन हुन नसकेको बताउदै सो समयमा हजारौं महिला बलात्कार, यौनजन्य हिंसाको चपेटामा परेपनि सरकारसंग कुनै तथ्यांक नरहेको अध्यक्ष लुइँटेल बताईन् ।

यो कार्यक्रम मार्फत सरकारलाई न्यायको लाग दवाफ दिने साथै हिंसा पीडित महिलाहरुको बास्तविक घटना तथा पीडा बारे जानकारी गराउने उद्देश्य रहेको हो ।